सामाजिक सञ्जाल

धनराजको अक्रोसः कोरोना पोजेटिभ देखिएको बिरामीलाई सडकमै छाड्न मिल्छ सरकार ?

२६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले कोरोना नियन्त्रणमा सरकारको लापरबाहिलाई लिएर कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले कोरोना पोजेटिभ देखिएको बिरामीलाई सडकमै छाड्न मिल्छ सरकार ? भन्दै कडा प्रश्न समेत गरेका छन् ।

उनले कोरोना महामारीलाई सरकारले भ्रष्टाचारको अवसरको रुपमा लिएकै कारण अहिले कोरोनाले मुलुकमा भयावह रुप लिएको बताएका छन् ।

साथै उनले भनेका छन्ः प्रधानमन्त्री ज्युले भन्नु होला कोरोना पोजेटिभ देखिएको बिरामीलाई उपचार नगराई सडकमा छाडिदिनु भनेर सरकारले भन्याथ्यो र ? । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको छ भने मृतकको संख्या पनि बढिरहेको छ ।

उनको ट्वीटः कोरोना पोजेटिभ देखिएको बिरामीलाई सडकमै छाड्न मिल्छ सरकार ? महामारीलाई सरकारले भ्रष्टाचारको अवसरको रुपमा लिएकै कारण यो अबस्था आएको हैन र  ? फेरि @PM_Nepal  ज्युले भन्नु होला कोरोना पोजेटिभ देखिएको बिरामीलाई उपचार नगराई सडकमा छाडिदिनु भनेर सरकारले भन्याथ्यो र  ?