२७ असोज, काठमाडौं । विभिन्न तीन जिल्लामा गरी थप ४ सय वढीमा कोरोना भाईरस कोभिड १९ पुष्टि भएको छ । चितवन, मकवानपुर र सुनसरीमा गरी थप ४ सय १४ जना नया कोरोना संक्रमित थफिएका हुन् । भरतपुर अस्पतालको कोभिड–१९ ल्याव र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ९२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जना संक्रमित थपिएका हुन् । प्रयोगशालाका अनुसार थपिएका संक्रमितमा चितवनका ७२ जना छन् । यस्तै नवलपुर र मकवानपुरका ५र५, काठमाडौं, भक्तपुर, नुवाकोट, काभ्रे,गोरखा, लमजुङ, उदयपुर, झापा, सर्लाही र नवलपरासीका एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।
साथै मकवानपुरमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा २ सय ९६ जनाको स्वाब परीक्षण गर्दा ७७ जना पुरुष र ४८ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितमध्ये हेटौंडा उपमहानगरपालिकाका १ सय ७, बागमती गाउँपालिकाका १४, मकवानपुरगढी गाउँपालिकाका एक र जिल्ला बाहिरका ३ जना रहेका छन् ।
धरानमा थप १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइमा १९० जना र ९३ जनाको बीपी प्रतिस्ठानमा गरिएको स्बाव परीक्षणका क्रममा थप १९७ जनामा संक्रमण पुष्टि भएको हो ।
एन्फा एकेडेमीमा स्वाब लिइएकाहरूमध्ये १०४ जनामा संक्रमण देखिएको छ । जसमा ३ जनाले पुनः परीक्षण गराएका थिए । थप १ सय ९७ संक्रमित भएसँगै धरानमा कोरोना संक्रमितको संख्या १ हजार ३७९ पुगेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितका बिरामिहरु तिब्र रुपमा वढ्दै गएका छन् ।