२८ असाेज, पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोरोना अस्पतालमा थप एक जनाको मृत्यु भएको हो ।
अस्पतालका अनुसार स्याङ्जा भीरकोट नगरपालिका २ की ५२ वर्षिय महिलाको बिहान ९ बजेर ३४ मिनेट जाँदा मृत्यु भएको हो । उनलाई असोज २६ गते कोरोना पुष्टि भएको थियो ।
कोभिड अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना अस्पतालमा मृत्यु हुने उनी तेह्रौ संक्रमित हुन् ।