राजनीति

डा भट्टराईको नेकपालाई उत्तरः सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं, दोषी ठहरे दण्डित हुन तयार छु

२८ असोज, काठमाडौं । जनता समाजबादी पार्टीका नेता डा बाबुराम भट्टराईले नेकपा प्रवक्ता एबम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आज बिज्ञप्ती प्रकाशन गर्दै बुढी गण्डकीमा भ्रष्टाचार गरेको भनेर लगाएको आरोपको खण्डनको प्रतिकृया दिएका छन् । डा भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्नुपर्ने माग गरेका छन् । उनले सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं भन्दै आफू पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार भएको बताएका छन् ।
डा भट्टराईले नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारलाई चेतावनी दिँदै भनेका छन्, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ’ 
डा भट्टराईको प्रतिकृयाः बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं। सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं। म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु। जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ !