सामाजिक सञ्जाल

संग्रौलाको टिप्पणीः ओलीले छापामार शैलीमा आफ्नै गुटका ३ मन्त्री भर्ती गरे

२९ असोज, काठमाडौं । बुद्धिजिवी तथा लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिमण्डल पुनर्गठनलाई लिएर कडा शब्दमा टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले छापामार शैलीमा आफ्नै गुटका ३ मन्त्री भर्ती गरेको भन्दै टिप्पणी गरेका हुन् । संग्रौलाले विधि र पद्धती मिच्दै अगाडी बढेका ओली विधिअनुसार चल्नु र कुकुरको पुच्छर सोझिनु उस्तै कुरा भएको भन्दै व्यंग्य समेत  गरेका छन् ।

उनले ट्वीटमा भनेका छन्ः अस्तिमात्र पीके पूर्ण अध्यक्ष, केपीलाई प्रमको पूर्ण कार्यकाल, सरकार पार्टी निर्देशनमा विधिसम्मत ढङ्गले चल्ने त्यत्रो हल्ला भाथ्यो आज केपीले इस् तेरो हल्ला भन्दै छापामार शैलीमा आफ्नै गुटका ३ मन्त्री भर्ती गरे ।

बुधबारमात्रै ओलीले सुटुक्कै मन्त्रीपरिषदमा हेरफेर गर्दा केहि मन्त्रीको मन्त्रालय खोसिएको थियो भने केहि मन्त्रालयको जिम्मेवारी नयाँ मन्त्रीको हातमा सुम्पिएपछि सबैतिरबाट आलोचना हुँदै गर्दा संग्रौलाको यस्तो टिप्पणी आएको हो ।

उनको ट्वीटः अस्तिमात्र पीके पूर्ण अध्यक्ष, केपीलाई प्रमको पूर्ण कार्यकाल, सरकार पार्टी निर्देशनमा विधिसम्मत ढङ्गले चल्ने त्यत्रो हल्ला भाथ्यो । आज केपीले इस् तेरो हल्ला भन्दै छापामार शैलीमा आफ्नै गुटका ३ मन्त्री भर्ती गरे । केपी विधिअनुसार चल्नु र कुकुरको पुच्छर सोझिनु उस्तै कुरा हो !