२९ असोज, काठमाडौं । राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समाजबादी जनता दलका नेता डा बाबुराम भट्टराई बिरुद्ध मानहानीको मुद्दा अदालतमा हाल्ने आँट देखाउनु जरुरि रहेको दाबी गरेका छन् । डा लोहलीने नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहाललगायत उच्च पदस्थ ब्यक्तीले बुढी गण्डकीमा भ्रष्टाचार गरेको भन्दै दिएको अभिब्यक्तीको टिप्पणी स्वरुवा डा भट्टराईको उपचारका लागि आरोपीत ब्यक्तीहरुले मानहानी मुद्धा हाली उपचार खोज्नुपर्ने प्रतिकृया दिएका छन् । बुधबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले डा भट्टराईले लगाएको आरोपको खण्डन गर्दै आरोप पुष्टी गर्न गर्न चुनौती दिएका थिए ।
डा लोहनीले फेसबुकमा स्टाटस् लेख्र्दै भनेका छन्, ‘आरोप लगाउनेले आफ्नो प्रमाण नदेखाउने र आरोपितहरुले अदालत जाने आँट नगर्ने हो भने यो सबै मिलि भगत ‘छोटे राजा हरु’ को जनतालाई मुर्ख बनाउने नाटक भन्दा केहि नहुने देखिन्छ ।’
डा लोहनीको स्टाटस्ः डा बाबुरामले नेपाल का ‘ठुला’नेताहरुलाई भ्रस्टाचारको आरोप लगाए छन्। यो गम्भीर कुरो हो। अब यसको उपचारको लागि मानहानीको मुद्दा अदालतमा हाल्ने आँट देखाउनु जरुरि छ।
आरोप लगाउनेले आफ्नो प्रमाण नदेखाउने र आरोपितहरुले अदालत जाने आँट नगर्ने हो भने यो सबै मिलि भगत ‘छोटे राजा हरु’ को जनतालाई मुर्ख बनाउने नाटक भन्दा केहि नहुने देखिन्छ ।