राजनीति

धनराज आक्रोसितः बुढी गण्डकी भ्रष्टाचार काण्ड सम्बन्धमा तैं चुप, मै चुप, सबै चुप किन ?

२९ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गरुङले बुढी गण्डकी भ्रष्टाचार काण्डका विषयमा कटाक्ष गरेका छन् ।

बुढी गण्डकी भ्रष्टाचारमा बाबुराम भट्टराईले विभिन्न शिर्ष नेताहरुको नाम लिएपछि विभिन्न टिका–टिप्पणी भईरहेका बेला नेता गुरुङले पनि बुढी गण्डकी भ्रष्टाचार काण्ड सम्बन्धमा तैं चुप, मै चुप, सबै चुप किन ? भन्दै आक्रोस व्यक्त गरेका छन् ।

नेता गुरुङले बुढी गण्डकी भ्रष्टाचार काण्ड सम्बन्धमा तैं चुप,मै चुप,सबै चुप किन भन्ने प्रश्न गर्दै काले–काले मिलेर खाउँ भाले भएको र सांसद भएको बेला आफुले संसदमै बोलेको तर राज्यले छानबिन गर्न आबश्यक नठानेको स्मरण गरेका छन् ।

उनले आरोप प्रत्यारोप भन्दा पनि ब्ल्याक लिस्टेड गेजुवालाई बिना टेण्डर किन दिइयो चुरो कुरो यो हो भनेका छन् । केहिदिनअघि पुर्व प्रधानमन्त्री तथा जनता समाजवादीका नेता डा.बाबुराम भट्टराईले नेकपाका दुई अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल लगाएत उच्चपदस्त व्यक्तिले बुढी गण्डकी आयोजमा भ्रष्टाचार गरेको भनि दाबी गरेका थिए ।

यस्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने भट्टराईको उक्त आरोप निराधार रहेको भन्दै प्रमाण सहित आउन चेतावनी दिएका थिए ।

उनको ट्वीटःबुढी गण्डकी भ्रष्टाचार काण्ड सम्बन्धमा तैं चुप,मै चुप,सबै चुप किनरु काले-काले मिलेर खाउँ भाले भएको होरुूभनेर सांसद भएको बेला मैले संसदमै बोलेको थिएँ । तर राज्यले छानबिन गर्न आबश्यक ठानेन । आरोप प्रत्यारोप भन्दा पनि ब्ल्याक लिस्टेड गेजुवालाई बिना टेण्डर किन दिइयोरु चुरो कुरो यो हो ।