२९ असोज, काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पर्सा जिल्लाको बिरगन्ज महानगरपालिकास्थित वडा नं ०९जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पर्सास्थित जिल्लाप्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको आश्विन २९ गते देखि कारोबार सुरु भएको हो।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवाविस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको कामगर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाहगरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवा ग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वितहुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २०९ वटा शाखा कार्यालय, १९४ वटा एटिएम,५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवाप्रवाह गरिरहेको छ ।





