राजनीति

डा कोईराला आक्रोशितः चीनले हुम्लाको नेपाली भू–भाग मिचेको सत्यतथ्य तत्काल सार्बजनिक गर्नुस्

३० असोज, काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा शेखर कोईरालाले हालै कर्णाली प्रदेशको हुम्ला जिल्लाको चीनसँगको सीमाको स्थलगत अध्ययन गरी फर्किएका काँग्रेसको अध्ययन समितिबाट नेपालको सीमा अतिक्रमण गरेको जानकारी पाएको बताएका छन्। डा कोईरालाले नेपालको भूमि मिच्ने कार्य यो गम्भीर विषय भएको दाबी गरेका छन्। डा कोईरालाले उक्त सीमा बिबाद सम्बन्धमा तुरुन्त बिज्ञहरुको टोली खटाई सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेका छन् । डा कोईरालाले नेपालको हुम्लामा चीनले सीमा मिचेको दिखनु गलत भएको भन्दै त्यसको सरकारका तर्फबाट सत्यतथ्य पत्ता लगाई अतिक्रमणको वास्तबिकता लयाउन माग गरेका छन् । नेपाली काँग्रेस पार्टीलेसमेत उक्त सीमा अतिक्रमणको बिषयमा सरकारलाई ध्यानाकर्षण गराईसकेको छ । डा कोईराला आक्रोशित हुँदै उक्त अभिब्यक्ती दिएका छन् । 
डा कोईरालाको ट्वीटः हालै कर्णाली प्रदेशको हुम्ला जिल्लाको चीनसँगको सीमाको स्थलगत अध्ययन गरी फर्किएका पार्टीका साथीहरूवाट नेपालको सीमा अतिक्रमण गरेको जानकारी पाएँ। यो गम्भीर विषय हो। यस सम्बन्धमा तुरुन्त बिज्ञहरुको टोली खटाई सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु।