३० असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले नेकपामा बढ्दै गएका बिबादहरु अझै बढ्ने भविश्यबाणी गर्दै नेकपाका शक्ति संचय गर्न गरिएको गुट, उपगुट र पदीय भागबन्डाका झगडाले देश र जनताका समस्या ओझेलमा पार्ने बताएका छन् । उनले नेकपामा बढ्दै गएको विवाद कुनै सिद्धान्त, विचार वा जन सेवाका लागि होइन भन्दै यी रोगहरूलेअझैपनि हाम्रो देशमा कुनै परिवर्तन नहुने संकेत गर्छ भनेका छन् ।
पौडेलको ट्वीटः नेकपामा बढ्दै गएको विवाद कुनै सिद्धान्त, विचार वा जन सेवाका लागि होइन पार्टीमा शक्ति संचय गर्न गरिएको गुट, उपगुट र पदीय भागबन्डा हो। थपिँदै गएका विवादहरू आगामी दिनमा झनै बढ्छन्। यसले देशका समस्यालाई ओझेलमा पार्ने छ। पुराना यी रोगहरूलेअझैपनि हाम्रो देशमा कुनै परिवर्तन नहुने संकेत गर्छ