विचार/ब्लग

महिनावारी हुदाँ छुन नहुने, घरमा राख्न नहुने चलन अझै पनि यथावत

दिपीका खड्का/एउटा पुरुष शिक्षित हुनु भनेको उ मात्र शिक्षित हुनु हो र एउटा महिला शिक्षित हुनु भनेको उसको एउटा परिवार नै शिक्षित हुनु हो । यदि महिलालाई राम्रो शिक्षा दिने हो भने महिलाले पुरै देश चालाउन सक्छन् । महिलालाई केही कुरामा समाजमा बिभेद रहेपनि अहिले एकाईसौँ शताब्दीको बदलिँदो परिवेशमा महिला पुरुष भनेर हेप्ने चलन लगभग घटिसकेको छ । कुनै समय हाम्रो समाजलाई पुरुष प्रधान समाज भन्ने गरिन्थ्यो । महिलाहरु कुनै कुरामा पनि अगाडी बढ्न पाउदैन थिए तर अहिले महिला नै राष्ट्रपति, सभामुख, प्रधानमन्त्री बनेर संचारमा देखाईसकेका छन्, हाम्रो देशमा पनि राष्ट्रपति महिला छिन् । पछिल्लो संबैधानिक ब्यवस्था अनुसार राजनीतिलगायतका हरेक क्षेत्रमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य हुनु पर्ने रहेको छ । पहिले महिलाहरुले पढ्न पाउदैन थिए तर अहिले महिलाहरु नै शिक्षित भएर डाक्टर, पाईलट, ईन्जिनियर हरेक क्षेत्रमा महिला सामेल हुन पाउने अधिकार रहेको छ वा हरेक क्षेत्रमा अगाडी बढ्नका लागि महिला वा पुरुष भन्ने लिगंभेदको चलन लगभग हटिसकेको छ ।
म्याडम क्युरि, फ्लोरेन्स नाइटिङ्गेल, परिजात (बिष्णु कमारी वाईवा) आदि ब्यक्ति हुन् जसले आफ्नो प्रतिभा माध्यमबाट आफुलाई बिश्वभर चिनाउन सफल भए र यि सबै नारी हुन् जसले शिक्षा पाएका कारण आफूलाई बिश्वसामु चिनाउन सफल भएको उदाहरण दिन सकिन्छ । त्यसैले देश बिकासको लागि शिक्षित महिलाको खाँचो छ ।
(गुगल)का अनुसार नेपालमा पछिल्लो २०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्याको १ करोड ३६ लाख ४५ हजार ४६३ महिलाको जनसंख्या रहेको छ । त्यसैगरि २०६८ सालको जनगणना अनुसार नै नेपालको कुुल महिला साक्षरता दर ४२.८ प्रतिशत रहेको छ । पहिले महिला लाई शिक्षा, स्वास्थ्य, राजनीति हरेक क्षेत्रमा पछाडी परेको हुन्थे । सानै उमेरमा बिबाह गरिदिने प्रचलन रहेको थियो तर अहिले यस्तो सानै उमेरमा बिबाह गरिदिनेलाई बालबिबाहको कानुन लाग्दछ ।

[highlight txtcolor=”#dd3333″]बिशेषगरी नेपालको सुदुरपश्चिम र पश्चिमी क्षेत्रतिर छोरीलाई बिद्यालय नपठाउने, छोरीलाई हेला गर्ने जस्ता प्रकृया रहेको छ । महिनावारी हुदाँ छुन नहुने, घरमा राख्न नहुने जस्ता चलन अझै पनि रहेको छ । बिशेषगरी नेपालका पश्चिमी जिल्लाहरुमा महिनावारी हुदाँ घर भन्दा टाढा छाउँ गोठमा लगेर राख्ने चलन रहेको छ[/highlight]

बिशेषगरी नेपालको सुदुरपश्चिम र पश्चिमी क्षेत्रतिर छोरीलाई बिद्यालय नपठाउने, छोरीलाई हेला गर्ने जस्ता प्रकृया रहेको छ । महिनावारी हुदाँ छुन नहुने, घरमा राख्न नहुने जस्ता चलन अझै पनि रहेको छ । बिशेषगरी नेपालका पश्चिमी जिल्लाहरुमा महिनावारी हुदाँ घर भन्दा टाढा छाउँ गोठमा लगेर राख्ने चलन रहेको छ जसले गर्दा उनीहरुलाई महिनावारी हुदाँ सरसफाईमा ध्यान दिन सक्दैनन् र यस्तो छाउँ गोठहरुमा बस्दा कतिपय महिलाहरुको जनावरहरुले आक्रमण गर्ने, सर्पले टोकेर ज्यान समेत जाने र बलात्कार जस्ता धेरै घटनाले महिलाहरुको ज्यान समेत गएको तथ्य हामीले पाएका छौँ । यस्ता छाउँ गोठहरुलाई हटाउनको लागि सरकारले धरै नियमहरु बनाएको छ । तर पनि अन्धबिश्वास र कुरितीको कालो पर्दा समाजबाट हटेको छैन । किनभने यस्ता अन्धविश्वास र कुरितीले गर्दा हो । समाजमा महिला हरुलाई सानै उमेरमा बिबाह गरिदिने, घरको काम बाहेक बाहिरको काम गर्न पाईदैन थियो तर अहिले हरेक क्षेत्रमा महिला सामेल हुनु पर्ने नियम रहेको छ ।
आज एक्काईसौं शताब्दीमा आईपुग्दा पनि नेपालमा महिलाहरुको आर्थिक उन्नती हुन सकेको छैन। अझैपनि महिलाहरुलाई सम्पतीको अधिकार खुला रुपमा दिईएको छैन । नेपालमा बिकास कत्ति पनि नभएको त हैन तर यस्तो कुबिचार, कुप्रथाले समाज र राष्ट्रलाई अगाडी बढ्न दिदैन । किनभने हाम्रो देशमा भेदभाव गर्ने चलन रहेको छ । जातजातीमा भेदभाव गर्ने, महिला पुरुषमा भेदभाव गर्ने गर्दछन् ।यस्ता मानिसहरुलाई कडा भन्दा कडा सजायको ब्यबस्था गर्नु पर्दछ । कुनै महिलाहरुले स्वतन्त्र अनुभुति गर्न पाएका छैनन् । आफुले बनाएको नीतिलाई आफैं पालना गर्न नसक्ने नियमहरु बनाएर समाज कहिल्यै परिर्बतन हुदैन । समाज परिर्वनको लागि राम्रो सोचको आवश्यकता पर्दछ र नयाँ सोचको निर्माणको लागि पुरानो सोचलाई बदल्नु पर्दछ । अहिले त झन् बलात्कार जस्ता घटना एकदम बढ्दो रुपमा छ ।
महिलाहरु कमजोर हुन्छन् महिलाहरु केहि पनि गर्नै सक्दैनन् भन्ने खालको धारणा भएका मानिसहरु धेरै भटिन्छन् तर महिलाहरु नै राष्ट्रकोहित हुन् भन्ने मानिस कमै मात्रामा भेटिन्छ । तर कसैको दबाबमा नपरी आफ्नो हक हितको लागि लड्नु पर्दछ । खुट्टा तान्ने मानिसहरु धेरै भेटिन्छन् तर जति नै भए पनि हामिले हाम्रो शिखर चुम्नु पर्दछ । केही गर्न सक्दैनन् भन्नेहरुको अगाडी केही गरेर देखाउन सक्नु पर्दछ ।

[highlight txtcolor=”#dd3333″]हत्या, हिंशा, बलात्कार, र अमानबिय ब्यवहार दिन प्रतिदिन बढिरहेको छ । बलात्कार गर्ने ब्यक्तिको लागि कडा कारबाहीको ब्यबस्था गर्नुपर्दछ । बलात्कारका घटना भएका स्थानहरुमा शिक्षाको दिप बालेर मानिसहरुको त्यस्ता ब्यक्तीको बिचार धारणाहरुलाई परिबर्तन गर्नुपर्दछ । जनचेतना मुलक सन्देशहरु फैलाउने गर्नुपर्दछ । नयाँ संसारको निर्माण गर्नको लागि पुरानो सोचलाई बदल्नु पर्दछ ।[/highlight]

प्रचिन कालमा महिलाहरुले घरको काम जस्तैः खाना बनाउने, भाँडा माझ्ने, घाँस दाउरा काट्ने, घरको लिपपोत गर्ने जस्ता बिभीन्न कामहरु गर्नुपर्ने हुन्थ्यो । एउटा निर्दोष महिलालाई बोक्सीको आरोप लगाएर गाउँ निकाला गर्ने जस्ता धेरै अमानविय कार्यहरु गर्ने गर्थे तर अहिले यस्तो गर्ने ब्यक्तिलाई कानुन बमोजिम कारबाहि प्रचलन रहेको छ । अहिले पनि यदाकदा महिलाले सन्तान छोरी जन्मायो भने त्यही महिलालाई त्यो समाजले हेप्ने, अपमामन गर्ने, धिकार्ने जस्ता कार्य गर्दछन् र त्यहि समाजमा अर्को महिलाले छोरा जन्मायो भने धुमधाम सित खुसियाली मनाउने गर्दछन् । केटीले केटाको प्रेम प्रस्ताव स्वीकार गरेन भने पनि एसिड ल्याएर मुखमा हाल्दिने गर्दछन् । यस्तो अमानविय क्रियाकलाप हामीले देखेको, सुनेका छौँ । हत्या, हिंशा, बलात्कार, र अमानबिय ब्यवहार दिन प्रतिदिन बढिरहेको छ । बलात्कार गर्ने ब्यक्तिको लागि कडा कारबाहीको ब्यबस्था गर्नुपर्दछ । बलात्कारका घटना भएका स्थानहरुमा शिक्षाको दिप बालेर मानिसहरुको त्यस्ता ब्यक्तीको बिचार धारणाहरुलाई परिबर्तन गर्नुपर्दछ । जनचेतना मुलक सन्देशहरु फैलाउने गर्नुपर्दछ । नयाँ संसारको निर्माण गर्नको लागि पुरानो सोचलाई बदल्नु पर्दछ । धेरै महिलाहरुको सानै उमेरमा बिबाह गरिदिने गरिन्थ्यो यस्तो सानै उमेरमा बिबाह गर्नाले शारिरिक र मानसिक दुबै रुपमा ठुलो क्षति हुन्छ । बिबाह गरेको एक बर्ष नपुग्दै उनीहरुको बच्चा जन्माएका हुन्छन् यस्तो बच्चा जन्माउँदा आमा र बच्चा दुबैको ज्यान खतरा हुन्छ । कतिपय महिला अशिक्षित हुन्छन् उनीहरुलाई परिवारको बारेमा केही थाहा हुँदैन त्यसैले उनिहरुका सन्तान धेरै हुन्छन् । धेरै सन्तान भएको परिवारमा सबै सन्तानले राम्रो शिक्षा, दिक्षा पएका हुदैनन् । त्यसैले अब आउदो पिढीँहरु गुणस्तरिय शिक्षा दिएर उज्वल समाजका निर्माण गर्न सक्दछन् । अनि मात्र देशको बिकास गर्न सकिन्छ ।

समाज ढुङ्गे युगबाट आधुनिक युग, कम्प्युटरको युगमा पुगिसकेको छ । धेरै महिलाहरु शिक्षित भई सकेका छन् । तर पनि अझै नेपालको कतिपय ठाउँमा हरुमा घरेलु हिसां, महिला हिसां, बाल हिसां भएको कुरा हामी सुनीराखेका हुन्छौं । बिकसित देशहरु जस्तैः अमेरीका, बेलायत, अष्ट्रेलीयालगायत धेरै राष्ट्रहरु आज किन उच्च स्थान छन् त किनभने उनीहरु महिला पुरुष बिच भेदभाब गर्दैनन् । सबैलाई समान ब्यवहार गर्दछन् । महिलाहरुलाई राम्रो शिक्षा दिएर सबैलाई समान ब्यबहार गर्ने हो भने हाम्रो देशले पनि मुहार फेर्न सक्दछ । यो सरकार तथा सरोकारवालाले बिचार गर्नु अनिवार्य छ । हाम्रो देशमा धन प्रशस्त छ र ज्ञानी मानिस पनि प्रशस्त छन् तर त्यो ज्ञानको उचित ठाउँमा प्रयोग भएको पाईदैन । मान्छे र तेरा मान्छे भन्ने भावना भन्ने बिचारलाई त्याग्नु पर्दछ । महिलाहरु पनि सक्रिय हुनु पर्दछ । आफ्नो हक हितको लागि लड्नु पर्दछ । महिला मैत्री वातावरण बनाउनु पर्दछ । महिलालाई हेप्नु अपराधको रुपभमा लिनुपर्दछ । अझ महिला वा कुनै पीछडीएको बर्ग वा जातलाई होच्याएमा होच्याउनेलाई कडा कारबाही गर्ने व्यवहारिक कानूनको व्यवस्था गर्नु अनिबार्य भएको छ । महिलालाई सम्मान गरौं, देश समुन्नत बनाऔं ।