राजनीति

विदेशी ऋण लिने र देशको जनशक्ति विदेशमा पठाउने काममा गर्व गर्नु गलतः नेता रावल

३० असोज, काडमाडौं । नेकपा स्थायी समिति सदस्य एबम् पुर्व गृहमन्त्री भीम रावलले विदेशी ऋण लिने र देशको जनशक्ति विदेशमा पठाउने काममा गर्व गर्ने र यस्तो काममा होडबाजी गर्ने कार्य राष्ट्रिय हितमा छैन भनेका छन्।
उनले राष्ट्रिय स्रोतको अत्यधिक सदुपयोग र जनशक्तिलाई देशको विकास र उन्नतिका लागि परिचालन गर्ने कार्यले मात्र समृध्दि हाँसिल गर्दै राष्ट्रिय स्वाधीनता बलियो हुन्छ भनेका छन् । नेता रावलले राष्ट्रियताका सवालमा ट्वीट गर्दै उक्त कुरा बताएका हुन् ।
नेता रावलको स्टाटस्ः विदेशी ऋण लिने र देशको जनशक्ति विदेशमा पठाउने काममा गर्व गर्ने र यस्तो काममा होडबाजी गर्ने कार्य राष्ट्रिय हितमा छैन । राष्ट्रिय स्रोतको अत्यधिक सदुपयोग र जनशक्तिलाई देशको विकास र उन्नतिका लागि परिचालन गर्ने कार्यले मात्र समृध्दि हासिल गर्दै राष्ट्रिय स्वाधीनता बलियो हुन्छ ।