राजनीति

जनतालाई छाक टार्न धौधौ परिरहेको बेला साँसदले दशैं भत्ता लिनु अपराधः नेता गुरुगं

१ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले कोरोना महामारीले उत्पन्न आर्थिक मन्दीका कारण गरीब जनतालाई छाक टार्न धौधौ परिरहेको बेलामा माननीयहरुले दशैं भत्ता लिनु अपराध भएको दाबी गरेका छन् । उनले ट्वीट गर्दै प्रदेश एबम् प्रतिनिधि सभा साँसदहरुलाई दशैंमा भत्ता बहिस्कार गर्न आग्रह गरेका छन् । नेता गुरुगंले भनेका छन्, ‘माननीयज्युहरु! तपाईंहरूसँग अलिकति पनि विवेक र मानवता छ भने दशैं भत्ता बहिस्कार गर्नुहोस्।’
धनराजको ट्वीटः माननीयज्युहरु! तपाईंहरूसँग अलिकति पनि विवेक र मानवता छ भने दशैं भत्ता बहिस्कार गर्नुहोस्। कोरोना महामारीले उत्पन्न आर्थिक मन्दीका कारण गरीब जनतालाई छाक टार्न धौधौ परिरहेको बेलामा माननीयहरुले दशैं भत्ता लिनु अपराध हो।