पु.समाचार

उपत्यकामा १७४६ जना थपिए संक्रमित, आज भयो कोरोनाका कारण १२ को मृत्यु

१ कात्तिक, काठमाडौं । आज तीन हजार १६७ जनामा कोरोना संक्रमण देखिएको छ । १८ सय संक्रमितहरु निको भएर घर फर्किएका छन् भने सकृय संक्रमितको संख्या ३८ हजार ७३७ र जम्मा अहिलेसम्मका संक्रमित एक लाख २९ हजार ३०४ पुगेको छ । उपत्यकामा १७४६ जना संक्रमित थपिएका छन्, यसमा काठमाडौं जिल्लामा मात्र १४ सय ५१ जना संक्रमित थपिएका छन् । आज कोरोना संक्रमणका कारण १२ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् ।