२ कार्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य एवंम प्रतिनिधिसभाका सदस्य डा.भिम रावलले मुलुकमा कोरोनाले उत्पन्न परिस्थतीबीच कुनैपनि जनतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त उनले खातामा भत्ताको रकम राखिएको जानकारी पाएको बताउँदै हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका हुन् ।
साथै डा.रावलले सांसदहरूले उक्त भत्ता लिँदैनन् भन्नेमा आफ्नो समर्थन जनाउँदै आफ्नो खातामा आएको रकम कट्टी गर्न समेत सहमत रहेको बताएका छन् । मुलुकमा कोरोना कहरका कारण जटिल अवस्था सिर्जना भईरहेकाबेलामा समेत सरकारले सांसदहरुलाई दशैंखर्च भत्ता दिएपछि चौतर्फि आलोचना भएकाबेला नेता रावलले सरकारसंग उक्त माग गरेका छन् ।
उनको ट्वीटः खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।
नेता डा रावलले जम्मा भईसकेको रकम फिर्ता गरिसकेका छन् ।