राजनीति

महामन्त्री खड्काको प्रश्नः बिपत्तिको कहरमा जनताका लागि प्रधानमन्त्री खोई ?

२ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री पुर्र्णबहादर खड्काले कोरोना माहामारीले सिंगो देश आक्रान्त भएकोबेला ओली सरकार कुम्भकर्ण निद्रामा रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता खड्काले कोरोना माहामारिले सिङ्गो देशका जनता दुखमा डुबेका बेला सरकार कुम्भकर्ण निन्द्रामा र आन्तरिक धन्दामा ब्यस्त रहेको बताएका छन् ।

साथै नेता खड्काले ओली सरकारलाई जनता र देश कसैको पनि चिन्ता नभएको टिप्पणी गरेका छन् । उनले यो बिपत्तिको कहरमा जनताका लागि खोई प्रधानमन्त्री ?खोई सरकार ? भन्ने प्रश्न गर्दै सरकारलाई जिम्मेवारि बोध नभएको र जनतालाई कुनै भरोसाको सन्देश नभएको बताएका छन् ।

साथै उनले ओली सरकारको यो मौनता दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

उनको ट्वीटः कोभिडको महामारिले सिङ्गो देश आक्रान्त छ, सरकार कुम्भकर्ण निन्द्रामा तर आन्तरिक धन्दामा ब्यस्त छ ! न जनताको चिन्ता छ, नत देशको नै ? यो बिपत्तिको कहरमा जनताका लागि खोई प्रधानमन्त्री ? खोई सरकार  ? न जिम्मेवारि बोध छरुन जनतालाई कुनै भरोसाको सन्देश छ ! यो मौनता दुर्भाग्यपूर्ण