राजनीति

डा रिजालको महत्वपूर्ण प्रस्तावः काङ्ग्रेसका सबै सांसदले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरौं

२ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले दशैं भत्ता एक–एकजनाले फिर्ता गर्ने भनेर निर्णय सार्जजनिक गर्ने भन्दा संसदिय दलकैतर्फबाट नेपाली काङ्ग्रेसका सबै सांसदले फिर्ता गर्ने निर्णय गर्न प्रस्ताव गरेका छन् । डा रिजालले ट्वीट गर्दै पैसा निकम्मा केन्द्रीय सरकारले भन्दा जनतामाझको स्थानीय सरकारले खर्च गर्ने व्यवस्था गर्नुपर्ने विचार व्यक्त गरेका छन् । डा रिजालले आज नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र अर्का लोकप्रीय युवा नेता गगन कुमार थापाले साँसद भत्ता फिर्ता गरेको बिषयलाई साँकेतिक रुपमा जोड्दै पार्टीले नै आफ्ना सबै साँसदको भत्ता फिर्ता गनुपर्ने निर्णयसहित निर्देशन दिनुपर्ने विचार व्यक्र गरेका हुन् । उनले ब्यक्रीगत भन्दा पार्टीका सबैले एकैपटक दशैंभत्ताको रकम फिर्ता गर्नुपर्ने माग गरेका हुन् । उनले आफूले पार्टीले गरेको उक्त निर्णय मान्ने बताउँदै आग्रह गरेको बताएका छन् । रिजाल मोरगंबाट निर्बाचित प्रतिनिधि सभा साँसद हुन् । दशैंभत्ता फिर्ता गर्ने साासदहरुलाई ब्यक्तीगत र संस्थागत रुपमा सर्बसाधारणले बिश्वभरबाट सामाजिक सञ्जालमार्फत बधाई दिईरहेकका बेला डा रिजालले अर्को महत्वपूर्ण प्रस्ताव गगरेका छन् ।

डा रिजालको ट्वीटः दशैं भत्ता एक–एकजनाले फिर्ता गर्ने भनेर निर्णय सार्जजनिक गर्ने भन्दा संसदिय दलकैतर्फबाट नेपाली काङ्ग्रेसका सबै सांसदले फिर्ता गर्ने निर्णय गरौं। पैसा निकम्मा केन्द्रीय सरकारले भन्दा जनतामाझको स्थानीय सरकारले खर्च गर्ने व्यवस्था मिलाऔं। मैरो आग्रह र निर्णय यही अनुरुप हुनेछ।