काठमाडौं कार्तिक ३ । एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढांै’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला पछि शुल्कतिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुकालागि मात्र ल्याइएको हो ।
यो सिमग्राहकले (कार्तिक ०१) देखि नजिकैको एनसेल सेन्टरहरु वा देशभरी रहेका एनसेलका आधिकारिक खुद बिक्रेताहरुबाट सजिलै मात्र रु ९९ माखरिद गर्न सक्नेछन् । गो सिमको खरिदसँगै ग्राहकले रु २० मेनब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्दछन् ।
यसका साथै ग्राहकले गो सिममार्फत दामी म्युजीक तथा हङ्गामाम्युजीकप्रो ३० दिनसम्मकालागि निःशुल्क सुचारु गर्न सक्छन् । ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातीसम्ममा गरेको पहिलो रु १०० वा सो भन्दा बढिको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुपप्राप्तगर्दछन् । प्राप्तबोनस सात दिनको लागिमान्य रहनेछ ।
“महिलाहरुकालागि विषेश रुपमा डिजाइन गरिएको यस प्रकारको पहिलो महिला केन्द्रितप्याक सुरु गर्न पाएकोमा हामी धेरै खुसी छौं । यसको विषेशताहरुमा बन्डल सेवा देखि लिएर आपतकालिन अवस्थाकालागि सञ्चार सेवा, सुरक्षाको लागि एसएमएस सेवा र महिलाका क्षेत्रमाकाम गर्ने संस्थाहरुमानिःशुल्ककल सेवा जस्ता थुप्रै सुविधाहरु रहेका छन् । यो प्याकल्याउनुको प्रमुख कारणहरु मध्ये महिला सुरक्षा एक हो । यसले महिलावर्गलाई दुरसञ्चार सेवा सुनिश्चित गर्ने मात्रनभई यसमाउपलब्ध सेवा, सुविधातथा सुरक्षाको हिसाबले समेटिएको विषेशताले महिला सशक्तिकरणमा सहयोग पुर्याउने विश्वास हामीले लिएका छौ ।” एनसेल आजियाटा लिमिटेडका चिफकमर्सियल अफिसर प्रदीपश्रीवास्तवले भने ।
महिलाहरुलाई दुरसञ्चार सेवाको पहँच सुनिश्चितगर्दै यसको लाभप्रदान गर्ने उद्देश्यअनुरुप ल्याइएको गो सिम अन्तर्गत ग्राहकले सिमखरिद गरेको दिन देखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशतबोनस प्राप्त गर्नेछन् । प्राप्तबोनस सात दिनको लागिमान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउन तथा एसएमएस पठाउन प्रयोग गर्न सक्नेछन् ।
यसका साथै यो सिमलिने ग्राहकका लागि अपलकालिन सञ्चार सेवाकालागि विषेश सुविधा रहेको छ । यस अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स रु ५ भन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालिन सञ्चार सेवाका रुपमा सजिलै लिन सक्नेछन् । ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवावापतको कर सहित रु १० मेन ब्यालेन्सबाट काटिने छ ।
त्यसैगरी यो सिममा महिलाहरुको सुरक्षाकालागि निःशुल्कउपलब्धहुने अर्को विषेश सुविधापनि रहेको छ । जस अन्तर्गत प्रयोगकर्ताले आपतकालिन अवस्थामा आफुले चाहेका तीनएनसेल नम्बरहरुमा आपतकालिन सन्देश पठाउन सक्नेछन् । गो सिम प्रयोगकर्ताले एस्ट्रिक्स १७१८०ह्यास डायल गर्ने बित्तिकै आफुले छानेका तीन नम्बरहरुमा पुर्व निर्धारित आपतकालिन सन्देश ‘अर्जेन्ट आइ निड हेल्प । प्लीजकल’एसएमएस आपतकालिन सन्देशका रुपमागो सिम प्रयोगकर्ताको नम्बर सहित स्वतःजानेछ । ग्राहकले यसरी आपतकालिन सन्देश प्रवाह गर्नपर्ने तीननम्बरहरु एस्ट्रिक्स१७१८०एस्ट्रिक्स १ ह्यास डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सक्नेछन् । यो सेवाग्राहकले आपलकालिन अवस्थामा मात्र आवश्यक सहयोगको लागि प्रयोग गर्नु पर्नेछ ।
थप आकर्षणका रुपमागो सिम प्रयोग गर्ने कोहीपनि महिलाले महिलाका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुमा महिनामा ६० मिनेट सम्म निःशुल्ककल गर्न सक्ने सुविधा रहेको छ । यसबाट महिलाहरुले आफुलाई आवश्यक परामर्श सजिलै लिन सक्नेछन् ।
यी विभिन्न आकर्षक सुविधाहरुको साथै, गो सिम प्रयोगकर्ताले डेटा, स्वास्थ्य र विभिन्न मनोरञ्जन सहितको कम्बो प्याक सुलभ दरमा प्रयोग गर्न सक्छन् । गो प्रयोगकर्ताले एस्ट्रिक्स १७१०४ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् ।