राजनीति

गगनको दाबीः ओली सरकारले कोरोना संक्रमितको संख्या गन्न बाहेक केहि गर्न सकेन

३ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयको अभिव्यक्तिलाई लिएर आक्रो व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त आईतबार स्वास्थ्य मन्त्रालयले नागिरककाे कोरोनाको परिक्षण र उपचारखर्च सरकारले व्यहोर्न नसक्ने र स्वयंम नागरिकले पैसा तिर्नुपर्ने भनि दिएको भनाइलाई लिएर ओली सरकारले कोरोना संक्रमितको संख्या गन्न बाहेक अरू केहि गर्न नसकेको दाबी गरेका छन् ।

नागिरकले  आँफ्नै खर्चमा कोरोना परिक्षण गर्नु र संक्रमितले आफ्नो उपचार आफैं गर्नु भनि सरकारले जारी गरेको उर्दिमा असन्तुष्टि व्यक्त गर्दै सांसद समेत रहेका नेता थापाले प्रधानमन्त्री ओलिसंग यसरी हरेकदिन खुद्राखुद्रामा निर्णय गर्नुभन्दा बरु सिधै सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराउन भनेका छन् ।

यस्तै यसअघि मुलुकमा जारी कोरोना माहामारीको समय सरकारले सांसदलाई दशैं खर्च खातामा हालेकोमा नेता थापाले दशैं खर्चको रकम फिर्ता दिने निर्णय गरेका थिए । साथै नेता थापा स्वास्थ्य मन्त्री हुँदा समेत शिक्षण अस्पताल महाराजगञ्ज लगाएत देशभरका अस्पतालमा गुणस्तरिय तथा सर्वसाधारणको पहँचमा पुग्ने स्वास्थ्य सेवा सुधार गर्ने प्रयास पनी गरेका थिए ।

उनको ट्वीटः स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नु ! यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा @PM_Nepal बरु सिधै भनिदिनुस् सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ