३ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जंगिएका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले कोरोना महामारीको बेलामा जनतालाई परिक्षण तथा उपचार खर्च आफै व्यहोर्नु सरकारले सक्दैन भन्ने उर्दी जारी गरेर प्रधानमन्त्री ओली हदैसम्मको गैरजिम्मेवार बनेको टिप्पणी गरेका छन् ।
कोरोना परिक्षण र उपचार खर्च नागरिकले स्वयंम व्यहोर्नुपर्ने भनि सरकारले उर्दि जारी गरेपछि चारैतिरबाट चर्काे आलोचना भईरहँदा नेता गुरुङले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्ः तपाईंको अक्षमताको शिकार जनतालाई कहिलेसम्म बनाई राख्ने ? प्रधानमन्त्री ज्यु ।
साथै उनले सरकारले यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिईरहँदा र गैरजिम्मेवारी पर्दशन गरिरहँदा प्रमुख प्रतिपक्षी दल कांग्रेसले बिरोध नजनाएको संकेत गर्दै पार्टी सभापती शेबहादुर देउवालाई पनि यस्तो प्रश्न गरेका छन्ः शेरबहादुर देउवा ज्यु नालायक सरकारको बिरुद्ध प्रतिपक्ष कहिले उठ्ने ?
उनको ट्वीटः श्रद्धेय @PM_Nepal ज्यु ! महामारीको बेलामा जनतालाई परिक्षण तथा उपचार आफै गर्नुू भन्ने उर्दी जारी गरेर हदैसम्मको गैरजिम्मेवार बन्नुभयो । तपाईंको अक्षमताको शिकार जनतालाई कहिलेसम्म बनाई राख्ने ? नेका सभापति श्रद्धेय @DeubaSherbdr ज्यु ! नालायक सरकारको बिरुद्ध प्रतिपक्ष कहिले उठ्ने ?