३ कार्तिक, काठमाडौं । धरान र चितवनमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । भरतपुर महानगरपालीका वडा नम्बर १० का ७६ वर्षे पुरुषको चितवन मेडिकल कलेज सिएमसिमा आज बिहान मृत्यु भएको छ ।
उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि असोज २० गते अस्पताल भर्ना भएका मृतक उच्च रक्तचाप, प्रोटेष्ट र थाईराईबाट पीडित रहेका थिए । पपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिएका छन् ।
यस्तै उता धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ईटहरी उपमहानगरपालीका २० का ७८ वर्षे बृद्धको आज बिहान मृत्यु भएको छ । रक्तअल्पता र पेटसम्बन्धी लामोसमयदेखी पीडित उनको उपचारका क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो । गत असोज १८ गते कोरोना पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।