३ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौला सरकारप्रति आक्रोसित भएकी छिन् । सामाजिक सञ्जाल ट्वीटमाफर्त नेतृ संग्रौलाले कोरोना महमारीका बेला नागरिकको कोरोना परिक्षण र उपचार खर्च व्यहोर्न नसक्ने बताएको प्रति आक्रोसित हुँदै जनताको हितमा कार्य नगर्ने हो भने सरकार र जनप्रतिनिधि केको लागि ? भन्दै प्रश्न गरेकी छिन् ।
संग्रौलाले सासंदहरुलाइ दसैं खर्च बितरणको प्रसङ्ग र कोरोना महामारीको परिक्षण र उपचार ब्यक्ति आफैले गर्नु पर्ने सरकारको निर्णय प्रति आम नेपाली जनता सामाजिक सन्जाल मार्फत समेत आक्रोसित बन्नपुगेको बताईन । साथै नेतृ संग्रौलाले एक–दुई जना सासंदले दसैं खर्च फिर्ता गरेर मात्र नहुने भन्दै सिंगो संसदीय दलले सामुहिक निर्णय दसै खर्चको रकम कोरोना परिक्षण र उपचार खर्चमा लगाइनु पर्नेमा जोड दिएकी छिन् ।
उनले आधारभुत स्वास्थ्य नागरिकको मौलिक हक संविधान र सर्बोच्च अदालतको परमादेश बिपरित गरेको निर्णयलाई अबिलम्ब सच्याइ आधारभुत स्वास्थ्य सेवालाई निशुल्क गर्न सरकारसंग माग समेत गरेकी छिन् ।
उनले नेपाली काङ्ग्रेस संसदीय दलले यस सम्बन्धमा अबिलम्ब निर्णय लिइ सबै जनप्रतिनिधिहरुले जनताको मर्म र भावनालाई कदर गर्न समर्थ बन्न सक्नुपर्नेमा समेत उनको जोड छ ।