सामाजिक सञ्जाल

नेता मीनको प्रश्नः जनबिरोधी सरकारका खातामा रकम जम्मा गर्नु राम्रो हो र ?

३ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री मिन विश्वकर्माले जनबिरोधी सरकारका खातामा रकम जम्मा गर्नु राम्रो हो र भन्दै आक्रोसयक्त प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता विश्वकर्माले सरकारले दशैंखर्च बाफत भन्दै सांसदको खातामा राखेको पैसा केही सांसदहरुले फिर्ता गर्ने बताउँदा यस्तो गर्दा गरिव, मजदुर, श्रमिक एबम महिनौ देखि बेरोजगार दैनिक ज्यालादारीमा काम गर्ने भोका पेट बसेकाहरुको घरमा चाहिँ के कसरी राहत पुग्छ भन्दै प्रश्न गरेका छन् ।

उनले दल र नेताहरुले ब्यतिगत लोकप्रियता भन्दा परिणाममुखी नितिगत निर्णय गरेर कार्यान्वयन गर्न सरकारलाई बाध्य पार्नु होइन र भनेका छन् । निर्वाचन क्षेत्र पुर्बाधार बिकासका नाममा साम्सद कोष रहेको र करोड बारे कोहि नबोल्ने अनि एक दुई जनाले सरकारी कोष मै केही लाख रकम त्यो पनि प्रयोजनहिन अवस्थाका लागि फिर्ता गरेर के परिणाम आउँछ ? उनले प्रश्न गरे ।

नेता विश्वकर्माले भोका पेट्ले यो चाड पर्वमा के पाउँछन् ? भन्दै प्रश्न गरेका छन् । सरकार त अब कोरोना जाच र उपचार पनि नगर्नेमा पुगिसेकोको भन्दै यस्तो जन बिरोधि सरकार र त्यस्को कोषमा रकम फिर्ता गर्नु बुद्धिमानी हो र भन्ने प्रश्न गदै नेपाली काङ्ग्रेसले दलिय निर्णय गरौ र जति सक्दो निम्न बर्गमा राहत पुराउनु अनुरोध गरेका छन् ।