सामाजिक सञ्जाल

प्रदीपको आक्रोशः जनता कहिल्यै ओली सरकारको प्राथमिकतामा परेनन्

४ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले ओली सरकार नागरिकप्रतिको दायीत्यवबाट बिमुख भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता पौडेलले नागरिकको अपेक्षा सरकारप्रति हुने तर सरकार नै दायित्वबाट विमुख भएको टिप्पणी गरेका छन् । साथै उनले रोग र भोकले जनाता मरिरहँदा ओली सरकार यति विघ्न संवेदनाशुन्य कसरी बन्नसक्छ ? भन्दै आक्रोस व्यक्त गरेका छन् ।

नेता पौडेलले जनता कहिल्यै सरकारको प्राथमिकतामा नपरेको दाबी गर्दै भोकले कोही मर्दैन, उपचार नभएर कोही मर्दैन भन्ने जनताको सरकार कहाँ छ भन्दै ? प्रश्न गरेका छन् । नागरिकको काेराेना  परिक्षण र उपचार खर्च व्यहोर्न नसक्ने सरकारको निर्णयको चौतर्फि आलोचना भएको बेला नेता पौडेलको यस्तो धारणा सार्वजनिक भएको हो ।

उनको ट्वीटः नागरिकको अपेक्षा सरकारप्रति हुन्छ तर यहाँ सरकार नै दायित्वबाट विमुख भएको छ । जनता कहिल्यै सरकारको प्राथमिकतामा परेनन् । भोकले कोही मर्दैन, उपचार नभएर कोही मर्दैन भन्ने जनताको सरकार कहाँ छ ? रोग र भोकले जनता मरिरहँदा सरकार यति विघ्न संवेदनाशून्य कसरी बन्नसक्छ ?