४ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसकी केन्द्रिय सदस्य तथा सांसद डा डिला संग्रलाले कोरोना उपचारमा दायित्वबाट पन्छिनु ओली सरकारको गैर मिम्मेवारी र निर्लज्जताको पराकाष्ठ भएको बताएकी छिन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेतृ संग्रौलाले कोरोना महामारीको उपचार ब्यक्ति स्वयमले गर्नुपर्ने निर्णय सरकार नागरिकको दायित्व र जिम्मेवारीबाट पन्छिएको चरम लापरबाहीको नमुना भएको बताईन ।
साथै उनले ओली सरकारको यो निर्णय गैर जिम्मेवारी र निर्लज्जताको पराकाष्ठा भएको टिप्पणी गरेकी छिन् । नागरिकको कोरोना उपचार तथा परिक्षण खर्च सरकारले नबेर्हाेने भनेर जारी गरेको निर्णयको चौतर्फि बिरोध भएकाबेला नेतृ संग्रौलाले पनि ओली सरकारको उक्त निर्णयको बिरोध जनाएकी छिन् । सातै डा संग्रौलाले स्वास्थ उपचार पाउनु जनताको मौलिक हक भएकाले यश बाट सरकार पन्छिन नमिल्ने बताएकी छिन् ।
उनको ट्वीटः कोरोना महामारीको उपचार ब्यक्ति स्वयमले गर्नुपर्ने निर्णय सरकार नागरिकको दायित्व र जिम्मेवारीबाट पन्छिएको चरम लापरबाहीको नमुना हो । यो निर्णय गैर जिम्मेवारी र निर्लज्जताको पराकाष्ठा हो । स्वास्थ उपचार पाउनु जनताको मौलिक हक हो । यश बाट सरकार पन्छिन पाउदैन