लुम्बिनी

कोरोनाका कारण रुपन्देहीको बुटवलस्थित कोरोनाा अस्पतालमा थप दुईको मृत्य

५ कार्तिक, काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुटवल–१७ मोतीपुरका बासिन्दा छन् ।

असोज २४ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएका देवीनगरका ४७ वर्षीय पुरुषको मंगलबार राति १ः१० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

त्यस्तै, असोज २७ गते पोजिटिभ नतिजा आई अस्पताल ल्याइएका मोतीपुरका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको गौतमले बताएका छन् । अस्पतालका अनुसार उनमा उच्च रक्तचापको समस्या थियो ।

दुवै बिरामी भेन्टिलेटरमा उपचाररत रहेका थिए । यससँगै उक्त अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।