राजनीति

कोरोनाबाट नागरिकको ज्यान बचाउन सरकारले भ्रष्टाचार र फजुलखर्च रोके पुग्छः डा भट्टराई

५ कार्तिक, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनाता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले कोरोनाबाट नागरिकको ज्यान बचाउन सरकारले भ्रष्टाचार र फजुलखर्च रोके पुग्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा.भट्टराईले नागरिकको कोरोना उपचारबाट सरकार पन्छिदा महामारी झन् विकराल बन्ने भन्दै सरकारले यस्तो निर्णय पैसाको अभावले नगरेको ठोकुवा गरेका छन् ।

उनले जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुने भन्दै भ्रष्टाचार र फजुलखर्च रोके नागरिकको निशुल्क उपचार गर्न पुग्ने बताएका छन् । साथै पुर्वप्रधानमन्त्री डा.भट्टराईले कोरोनापीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको दोहोर्याएका छन् ।

साथै उनले अस्पतालमा धनीले दिनचाहे दानपात्र राख्नुपर्नेमा जोड दिँदै सम्पुर्ण नागरिकलाई उपचार निशुल्क गर्न सरकारलाई प्रस्ताव समेत गरेका छन् ।

उनको ट्वीटः कोरोनापीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो । यसले महामारी झन् विकराल बन्नेछ ! यो पैसाको अभावले हैनः जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छः भ्रष्टाचार र फजुलखर्च रोके पुग्छ । अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौंसतर सबैलाई निशुल्क गरौं !