६ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयल सुटुक्क आएरसार्बभौमसत्ता सम्पन्न मुलुकको राष्ट्रिय स्वाधीनता माथिको ठाडो प्रहार गरेको बताएका छन् । उनले फेसबुकमा स्टाटस् लेख्दै नेपाल स्वतन्त्र, सार्बभौमसत्ता सम्पन्न मुलुक भएकोले छिमेकी मुलुक भारतका रअ प्रमुखको आगन र जुन तरिकाले भेटघाट चलेको देखियो त्यो निन्दनीय भएको बताएका छन् । भारतीय रअ प्रमुख गोयल सुटुक्क आएर नेपालका प्र.म.तथा पूर्ब प्र.म.हरुलाई भेटेको खवरको बिषयमा टिप्पणी गरेका छन् ।
उनको स्टाटस्ः भारतीय रअ प्रमुख गोयल सुटुक्क आएर नेपालका प्र.म.तथा पूर्ब प्र.म.हरुलाई भेटेको खवर पढियो। नेपाल स्वतन्त्र, सार्बभौमसत्ता सम्पन्न मुलुक हो। छिमेकी मुलुक भारतका रअ प्रमुखको आगन र जुन तरिकाले भेटघाट चलेको छ। यो सार्बभौमसत्ता सम्पन्न मुलुकको राष्ट्रिय स्वाधीनता माथिको ठाडो प्रहार हो।