६ कात्तिक, काठमाडौं । नेकपा स्थायी समिति सदस्य भीम रावलले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचरसंस्था रअ का प्रमुखलाई गोप्य रुपमा भेटेको कुरामा आपत्ती जनाएका छन् । नेकपा सुदुरुपश्चिम संयोजक र पुर्बगृहमन्त्रीसमेतरहेका नेता रावलले ट्वीट गर्दै भनेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादा विपरीत छ।’