दिपीका खड्का / आमा शब्द नै कति मीठो हुन्छ र आमाले जति सन्तानको माया कसैले पनि गर्दैन । मानिसहरुलाई संसारमा सबैभन्दा धेरै आफ्नो जन्म दिने आमा बुबाको माया सबै भन्दा धेरै लाग्दछ । जन्म दिने आमा, मात्र आफ्नो आमा होईन आफुलाई राम्रो ज्ञान शिक्षा र कर्म दिने पनि आमा पनि हुन् । मानिसको सबै भन्दा पहिलो गुरु आमाबुबा हुन् र आफुलाई राम्रो ज्ञान शिक्षा दिनेलाई दोस्रो गुरुको रुपमा लिईन्छ । जिवनमा सधैँ साथ दिने भनेको आफ्नो आमा बुबा नै हुन्छन् ।
जिवनको कयौँ रहर, उद्देश्य, ईच्छाहरुलाई बलि चढाएर उनी आफ्नो सन्तानको खुशीमा रमाई रहेको हुन्छिन् । जब आफ्नो जीवन, माया र खुशीको सुरुवात हुन्छ त्यो आफ्नो परिवार आफ्नो आमाबाट नै सुरुवात हुन्छ । जब हामी बाटोमा हिँड्दा लड्यौँ भने पनि हाम्रो मुखबाट पहिलो शब्द आमा नै निस्कन्छ । कुनै नराम्रो चिज देख्यौँ भने आमालाई नै सम्झन्छौँ र जीवनमा केहि समस्या पर्दा गुहार्ने हामीले आमालाई नै हो । जब हामी बोल्न सुरुवात गर्छौं त्यो बोल्दाको पहिलो शब्द हाम्री आमा नै हुन्छ । जीवनको हरेक उतारचढावमा सधैँ साथ दिने एउटा आमामात्र हुन्छिन् । आफ्नो खुशी बेचेर भए पनि सन्तानलाई सधैँ खुशी राख्दछिन् ।
कुनै चिज यस्तो हुन्छ कि त्यो नचाहेर पनि गुमाउनु पर्दछ । जुन आफुसँग हुन्जेल त्यसको कदर गरिदैन र जब त्यो आफुबाट गुम्छ अनि थाहा हुन्छ त्यस्को कति महत्व रहेछ भन्ने कुरा । मेरो भनाई यो हो कि जब सम्म आफ्नो हजुरबुबा हजुरआमा र आमा बुबा जिवीत हुनुहन्छ उहाँहरुको कदर गर्ने र माया गर्ने गर्नु पर्दछ । पछि जब उहाँहरु आफुबाट धेरै टाढा पुगिसकेका हुन्छन् तब थाहा हुन्छ उहाँहरु हाम्रो जीवनमा कति महत्वपुर्ण हुनुहुन्थ्यो भनेर ।
सबै मानिसका आमा बुबा बुझ्ने हुदैँनन्, परिवारमा गृहकलहसमेत हुने गर्दछ । धेरै ठाउँहरुमा हामीले सुन्ने गरेका छौँ आफ्नै बुबा, काका, हजुरबुबा वा आफन्तजनबाट बलात्कृत भएको, यस्ता ब्यक्तिहरुलाई कडा भन्दा कडा कारबाहीको ब्यबस्था गर्नुपर्दछ । कोहि कोहि व्यक्तिले त्यस्तो अमानविय ब्यबहार गर्यो भन्दैमा सबै जना त्यस्तै हुँदैन । कतिपयका आफ्ना बुबा आमा सानैमा बितेका हुन्छन् उनीहरुलाई के थाहा हुन्छ र आमा बुबाको माया कस्तो हुन्छ भनेर ? उनीहरु आफ्नो जीवनशैली जस्तो छ त्यस्तैमा खुशीहुन्छन् भने कतिपय आमाको माया पाउन नसकेर भौतारिएकासमेत हुन्छन् । आफुसगँ जे छ त्यसैमा नै सन्तुष्ट हुन सिक्नु पर्दछ भन्ने कुरापनि मान्नुपर्दछ ।
नौ नौ महिना आफ्नो कोखमा राखेर आफ्नो सन्तानलाई जन्माएकी हुन्छिन् त्यो नौ महिना सम्म कष्टकर जीवन पछि सन्तानले बुझदैनन् र हेरचाह गर्दैनन् । जब एउटा आमाले नौ महिना आफ्नो पेटमा राखेर सन्तानलाई धर्तीमा जन्म दिन्छिन् । उनको सन्तानले धर्तीमा पाइला टेक्छ उनको हर्षको सिमा नै रहदैन र जब त्यहि सन्तान पछि ठुलो भएपछि आफ्नो आमालाई वचन लगाउँछ तब ति आमाको मन कति रुन्छ होला । कुनै पनि सन्तान छोरा होस वा छोरी बिवाह भएपछि आफ्नो बुबा आमालाई बिर्सन्छन् ।
उनीहरुलाई आफ्नो आमा भन्दा पनि श्रीमान श्रीमतीको माया लाग्दछ त्यही श्रीमतीको कुरा सुनेर कतिपय आमाबुबा आज बृद्धाआश्रममा जिवन बिताई रहेका छन् । उनीहरुको मन कति रोईरहेको होला । आफु नखाई नखाई भए पनि आफ्नो सन्तानको पेट खालि राख्न दिँदैन ति आमाहरुले तर त्यहि छोराले पछि आमालाई नराम्रो व्यबहार गर्दा ति आमाको मन कति रुन्छ होला एकचोटी आफैँ सोचेर हेर्नु त ? उहाँहरु त हाम्रो भगवान हुन् त्यसैले आफ्नो बुबा आमाहरुको आदर सम्मान गर्नु पर्दछ उनीहरुलाई कहिल्यै पनि रुवाउनु हुन्न । आमा र बुबा भनेको हाम्रो पहिलो जीवन साथी हुन् ।
आमा बुबा आफुलाई गाली गर्दा हेला गर्छन् हेप्छन् जस्तो लाग्छ तर जति नै गाली गरे पनि आफ्नो आमा बुबाले त्यो आफ्नै लागि हो भन्ने बुझनु पर्छ ।
कुनै पनि आमा बुबाले आफ्नो छोराछोरी नराम्रो भएर बिग्रीएर हिँडोस् भन्ने चाहना हुँदैन आफ्नो सन्तानको बारेमा सधैं राम्रो नै सोचेका हुन्छन् । उहाँहरुले जे गर्नु हुन्छ त्यो हाम्रो खुशीको लागि नै गर्नुहुन्छ । भनिन्छ नि अरुको लाख र आफ्नो आमाको काख दुबैमा आफ्नो आमाको काख नै प्यारो हुन्छ ।
आमाबुबा मात्र होईन आफ्नो हजुरबुबा हजुरआमाको पनि उत्तीकै सम्मान गर्नु पर्दछ । बुढाबुढी भनेर घृणा गर्नु हुदैँन हामी पनि कुनै दिन त्यस्तै बुढाबुढी त हुन्छौ नि । प्रायः मानिसहरु बृद्धामानिसहरुसँग बस्न घृणा मान्ने, उनीहरुसगँ हिड्न अप्ठ्यारो मान्ने गर्दछन् । यस्तो गर्नाले उनीहरुको मनमा चोट पुग्न सक्दछ । उनीहरुको कुरा सुनिदिने, मठ(मन्दिरमा लैजाने गर्नाले उनीहरु खुशी हुन्छन् । उहाँहरुसँग समय बिताउने रमाईला कुराहरु गर्ने गर्नु पर्दछ । सधैँ उनीहरुलाई खुशी राख्नुपर्दछ ।
जुन व्यक्तीसँग भगवान जस्ता आमा बुबा हुनुहुन्छ नि त्यो व्यक्ति नै संसारको धनि हुन्छ । ठुला ठुला महलमा बस्नु र एउटा सानो झुपडीमा आफ्नो आमा बुबाको साथमा खुशी भए बस्नु महलमा बस्नु भन्दा धेरै सुख मिल्दछ । आफ्नो पसिना बेचेर उहाँहरुले हामीलाई हुर्काएका हुन्छन् । आमाबुबाको गुण हामीले कहिल्यै पनि तिर्न सक्दैनौँ । सबै सन्तानहरु एकैनासका हुदैनन् एउटा राम्रो भयो भने अर्को नराम्रो पनि हुन सक्दछ तर आफ्नो आमाबुबाको लागि ति दुबै सन्तान एकै हुन्छन् दुबैको लागि माया एकैनास हुन्छ । आफ्नो सन्तानको खुशी नै उनीहरुको खुशी हुन्छ । आफ्नो आमा बुबा सानै बेलामा गुमाएका ति अनाथ बच्चाहरु आज सडक पेटिमा फोहोरहरु बटुलेर हिँडीरहेका छन् सायद उनीहरुको पनि आमा बुबा भएको भए त्यसरी सडकमा फोहोर बटुल्दै हिड्नु पर्दैन थियो होला ।
आफ्नो आमा बुबा भनेको त जिउँदो भगवान हुन् । त्यसैले उनीहरुको पुजा गर्नुपर्दछ । जीवनमा सहि बाटो देखाउने भनेको आमा बुबा नै हुन् । आमाले गर्दा आज हामीले संसार देख्न पाएका छौँ । हामीले हाम्रो आमा बुबालाई जस्तो व्यवहार गर्छौ हामीलाई पनि हाम्रो सन्तानले त्यस्तै व्यावहार गर्ने गर्दछन् । आफ्नो पछि राम्रो मानिस बनेर आफुलाई खुशी बनाएर राख्दछ भन्ने उनीहरुमा विश्वास रहेको हुन्छ । आफुसगैँ आफ्नो परिवार हुँदा वास्ता लाग्दैैन जब उनीहरु आफुबाट टाढा हुन्छने अनि मात्र थाहा पाईन्छ अरुको लाख र आफ्नो आमाको काख कति फरक हुँदो रहेछ भन्ने कुरा ।