सूचना प्रविधि

भ्वाइस प्याकअन्तर्गतको भोलुम सकिए ६४ पैसामा एनसेल नेटवर्कभित्र कुरा गर्न सकिने

६ कार्तिक, काठमाडौं । यस चाडपर्वको अवसरमा एनसेलकाप्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्रतथाअन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्तर साथीभाइसँग अब अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्छन् ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’थिमअन्तर्गत रहेको ‘इन्डलेस कुराकानीप्लस’अफरमा बुधबारबाट (कार्तिक ०५) आकर्षक सुविधाथपेको छ । जस अन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा कर सहितमात्र रु १.२८ मा कुरा गर्न सक्छन् । अन्यअवस्थामाएनसेल नेटवर्क बाहिरको नेटवर्कमा कलगर्दा रु २.५४ प्रतिमिनेट शुल्क लाग्दछ ।
यसका साथै एनसेलले यही योजना अन्तर्गत, भ्वाइस प्याकलिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्क भित्रको कल शुल्कपनि घटाएको छ । इन्डलेस कुराकानी प्लस अन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भैसकेको अवस्थामा मात्र रु ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्छन् । अन्य अवस्थामा एनसेल नेटवर्क भित्र कल गर्दा विद्यमान रु २.५४ प्रतिमिनेट शुल्क लाग्दछ ।
इन्डलेस कुराकानी प्लस अन्तर्गत प्रिपेड ग्राहकले ७दिन, १५ दिनवा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्छन् । ७दिन समयसिमा रहेको प्याक माग्राहकले मात्र रु ९५.७७ मा ७०० मिनेट अन नेट टक टाइम (७दिनसम्म हरेक दिन १०० मिनेट टक टाइम ) प्राप्त गर्दछन् । त्यस्तै गाहकले मात्र रु१९१.५४ मा १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १२५ मिनेट र रु ३८१.७९ मा ३० दिनको प्याकलिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइमको फाइदालिन सक्छन् ।
प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनिप्याक सुचारु गर्न सक्छन् । जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी अंग्रेजी ठुलो अक्षरमा पिडी लेखि १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् ।
चाडवाडको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि भ्वाइस प्याकमाथप सुविधा सहितअन्य नेटवर्कमा र एनसेल नेटवर्कभित्रै पनिअझै सुलभदरमा भ्वाइस सेवा सुनिश्चित गर्न पाएकोमा कम्पनीनिकै हर्षित रहेको एनसेलले जनाएको छ । आकर्षक भ्वाइस प्याकमाअझै बढि सेवा सुविधाले ग्राहकलाई थपमुल्यप्रदानगर्दै चाडपर्वको समयमा  शुभकामना आदान प्रदान गर्न तथा आफ्ना परिवार, आफन्त र साथीभाइसँग अझै सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।
आफ्नो थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले वायर फ्रीप्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युबप्लसका साथै इण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिमप्लस योजनाहरु ल्याइसकेको छ । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भएपनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।