७ कात्तिक, धरान । नेपाली काँग्रेसका सुनसरी जिल्ला पुर्ब उपसभापति तथा नृता बिनोद राईले कोरोना जितेका छन् । धरानमा झण्डै १५ दिन अगावै कोरोना परीक्षणका लागि स्वाव दिएका नेता राईको बिहीबार राती आएको रिपोर्टमा नेगेटिभ देखिएको हो । देशभर नै ५०० जना भन्दा बढी कोरोना संक्रमित हुने जिल्लाहरु मध्ये रहेको सुनसरीमा पछिल्लो समय संक्रमितहरु बढिरहेका बेला सामाजिक सेवामा दौडधुपमा लागेका नेता राईलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । धरानमा नै आईशोलेशनमा बसेका राईको परीक्षणपश्चात नेगेटिभ देखिएपछि सुनसरी काँग्रेस हर्षित भएको सचिव तामागंले सुर्यखबरलाई बताए ।
नेपाली काँग्रेस जिल्ला सभापति तथा प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोईराला केही दिनदेखीथीत ईनरुवास्थीत निवामा कार्यकर्ता भेटघाट बन्द गरी बसेका छन् । ओली सरकारको भ्रष्टाचारी कर्तुत बिरुद्ध सकृय ईटहरी निवासी नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले केहीदिन अगाडीमात्र कोरोना जितेर जिल्लामै आराम गरिरहेका छन् । नेपाली काँग्रेस जिल्ला नै जिल्लाबासीको कोरोना संक्रमणबाट रोकथाम, उपचारलगायतमा सकृय छ । सभापति कोईराला नै उदाहरण हुन् भने बिनोद राईलगायत काँग्रेका पाँच दर्जनभन्दा बढी नेतालाई कोरोना लाग्नु ज्वलन्त उदाहरण भएको काँग्रेस सुनसरीका सचिव सुजेन्द्र तामागं बताउँछन् । सचिव तामागं, सचिव केदार भण्डारी अहोरात्र कोरोना संक्रमितका लागि खटिरहेका छन् । सुर्यखबरले सम्पर्क दर्गासमेत उहीहरु संक्रमितको सेवामा नै ब्यस्त थिए ।





