११ कार्तिक, काठमाडौं । कोरोना संक्रमणका कारण लुम्बिनी प्रदेशका विभिन्न स्थानमा गरी थप दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा की एक महिला र बुटवलमा एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तिलोत्तमा ११ की ५० वर्षिया महिला र बुटवल १३ का ५२ वर्षे पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार कार्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका बुटवलका ५२ वर्षे पुरुषको आज मंगलबार बिहान ६ बजे मृत्यु भएको हो ।
यस्तै कार्तिक १० गते संक्रमण पुष्टि भई अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोहि दिन साति ८ बजे मृत्यु भएको डा गौतमले जानकारी दिएका छन् ।