१४ कार्तिक, काठमाडौं । कोरोना संक्रमणका कारण काभ्रेका एक पत्रकारको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण काभ्रेका ५१ वर्षे विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको हो ।
असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि चौलागाईँ होम आईसोलेशनमा बस्दै आएका थिए । संक्रमित चौलागईँमा ज्वरो बढेपछि कार्तिक १ गते काठमाडौंको ओम अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा काभ्रे पोष्टका प्रधान सम्पादक रहेका पत्रकार चौलागाईँको आज बिहान मृत्यु भएको पुष्टि भएको छ ।