१४ कार्तिक, बुटवल । कोरोना संक्रमणका कारण लुम्बिनी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालीका ८ का ५५ वर्षे पुरुषको आज (शुक्रबार) बिहान ८ बजे मृत्यु भएको हो ।
गत कार्तिक १ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको आज रुपन्देहीको बुटवलस्थित कोरोना विषेश अस्पतालमा मृत्यु भएको हो । स्वास-प्रस्वासको समस्या भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।