सामाजिक सञ्जाल

भारत जाँदै गरेका नेपालीलाई गुरुगं भन्छन्,‘‘नेताकै कारण गरिबी/बेरोजगारी बढेको सही हो’

१४ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले बसम्म समृद्धिको गीत गाउन जान्ने तर समृद्धिका लागि कार्ययोजना बनाएर कार्यान्वयन गर्न नजान्ने नेताहरुको राज्यसत्तामा रजगज चल्छ तबसम्म गरीब जनताले यस्तै सास्ती भोग्नु पर्छ भनेका छन् । पुर्व सभासदसमेत रहेका नेता गुरुगंले पहिलैदेखी बताउँदै आएको कुरा कुनै राजनीतिक दल बिशेष भन्दा समृद्धिका लागि कार्ययोजना बनाएर कार्यान्वयन गर्न नजान्ने नेताहरुको राज्यसत्तामा रजगजका कारण मुलुकमा समस्या उत्पन्न भएको दाबी गरेका छन् ।
उनले कान्तिपुर दैनिकमा घरबार चलाउन भारत जानका लागि लाईन लागेका नेपालीहरुको, ‘ज्यान र जहान पाल्नका लागि दसैंसमेत राम्ररी मनाउन नपाई बिदेसिन बाध्य भएकाहरुको गुनासो छ– ‘नेताहरुका कारण गरिबी र बेरोजगारी बढेको छ । क्रान्तिका नारा लगाएर सत्ताको भर्‍याङ बनाएका नेताहरु झन् खराब निस्के, अनि कसरी बन्छ देश ?’ प्रश्नको उक्तर ट्वीट गर्दै उक्त कुरा दोहोर्र्याएका छन् । कोरोना भाईरस संक्रमणको माहामारीका कारण नेपाल फर्किएका नेपालीहरु ज्यान पाल्न पुनः उतै फर्कदै गरेको दर्दनाक दृष्य तीन करोड नेपालीले हेर्नु शिवाय केही गर्न नसक्ने देखिएको छ ।
गुरुगंको स्टाटस्ः जबसम्म समृद्धिको गीत गाउन जान्ने तर समृद्धिका लागि कार्ययोजना बनाएर कार्यान्वयन गर्न नजान्ने नेताहरुको राज्यसत्तामा रजगज चल्छ तबसम्म गरीब जनताले यस्तै सास्ती भोग्नु पर्छ। यो पार्टी र त्यो पार्टीको कुरा हैन।