१५ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रसाश शर्माले अमेरिकी निर्बाचनले नेपालमा पनि कारोना महामारीकाबेला ब्यवहारिक अध्ययन र अनुकरणको महत्त्वपूर्ण पाठ भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै दलको आन्तरिक चुनावदेखि देशका सबै चुनाव गर्न–गराउन कोरियादेखि बिहारसम्मको अनुभव उपयोगी बन्नुपर्छ भन्ने सुझावसमेत दिएका छन् । उनले अमेरिकाका लिंकनर जोन अफ केनेडिको देश अमेरिकाको ट्रम्प–बाइडेन प्रतिस्पर्धा अन्त्य र परिणामसम्म आफू रहिरहने बताएका छन् । सूचना तथा प्रचार प्रसार बिभाग प्रमुख समेत रहेका नेता शर्माले काँग्रेसको १४ औं महाधिवेशन गर्न कोरोना महामारीले नरोक्ने अमेरिकी निर्बाचनको सन्देश भएको संकेत गरेको छन् । काँग्रेसको अधिवेशन फगुनमा गर्ने भनिएपनि बिभिन्न आन्तरिक तयारी नै नपुगेको भन्दै सर्ने तर कहिले र कति सर्ने भन्ने अनिश्चित भएको समयमा सभापति शेरबहादुर देउवाका निकट रहेका नेता शर्माले महाधिवेशन समयमा नै गर्न सकिने बिचार ब्यक्त गरेको हुन् । आउँदो शुक्रबार नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ, उक्र बैठकले आउँदो केन्द्रीय महाधिवेशनको बिषयमा महत्वपूर्ण निर्णय गर्ने अनुमान लगाईएका बेला प्रवक्ता शर्माको सकारात्मक कुरा बाहिरिएको छ ।
उनको ट्वीटः अमेरिकी रास्ट्रपति निर्वाचन कोरोना चुनौती चिर्दै, ब्यवहारिक अध्ययन र अनुकरणको महत्त्वपूर्ण पाठ
हाम्रालागि ! दलको आन्तरिक चुनावदेखि देशका सबै चुनाव गर्न–गराउन कोरियादेखि बिहारसम्मको अनुभव उपयोगी बन्नुपर्छ !
ट्रम्प–बाइडेन प्रतिस्पर्धा अन्त्य र परिणामसम्म छु लिंकनरकेनेडिको देश ।