पु.समाचार

सिन्धुली अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

१७ कार्तिक, सिन्धुली । कोरोना संक्रमणका कारण सिन्धुलिमा पहिलो व्यक्तिको मृत्यु भएको छ । कोरोनाका कारण सिन्धुली अस्पतालमा उपचारका क्रममा एक संक्रमितको मृत्यु भएको हो ।

उच्च ज्वरो र स्वास-प्रस्वासमा समस्या आएपछि शुक्रबार धुलिखेल अस्पताल लगि स्वाब संकलन गरी घर पठाईएका कमलामाई नगरपालीका ६ पानीट्यांकी निवासी ८४ वर्षे बृद्धको आईतबार राति मृत्यु भएको हो ।

मृतक विरामीको स्वास्थ्य अवस्था झनै बिग्रिएपछि शनिबार राति साढे ९ बजे उनलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको थियो ।

सिन्धुली अस्पतालमा उपचारकै क्रममा आईतबार साँझ साढे ६ बजे वृद्धाको मृत्यु अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिएका छन् । धुलिखेल अस्पतालले आईतबार साँझै कोरोना पुष्टि भएको जनाएको थियो ।