बाग्मती

भरतपुर अस्पतालमा चितवन र धादिङका दुई कोरोना संक्रमितको ज्यान गयो

१७ कार्तिक, चितवन । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । चितवनका एक पुरुष र धादिङकी महिलाको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको पुष्टि भएको हो ।

भरतपुर महानगरपालीका १० का ७९ वर्षका पुरुषको आज बिहान १ बजेर २० मिनेटमा मृत्यु भएको हो । मृतक पुरुषमा कार्तिक १३ गते कोरोना पुष्टि भएपछि १६ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै अर्काे संक्रमीत धादिङ निलकण्ठ नगरपालीका ३ की ६१ वर्षकी महिलाको आज बिहान २ बजेर ५५ मिनेटमा मृत्यु भएको हो ।

श्वास-प्रश्वासमा समस्या भएकी उनी कात्तिक ५ गते अस्पताल भर्ना भएकी उनको अस्पतालको आइसोलेसन कक्षमा सोही दिन कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी पौडेलले बताएका छन् ।