१७ कार्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।
विभिन्न विवादका कारण पार्टीमा फुटको अवस्था सिर्जना भएको चर्चा चलिरहेका बेला प्रवक्ता श्रेष्ठले सामुहिक छलफलबाटै समस्या समाधान गरी एकताको रक्षा गर्नुपर्नेमा जाेड दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमाफर्त नेता श्रेष्ठले यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्ने बताएका छन् ।
उनले नेकपाको एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको भन्दै यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन नसक्ने बताएका छन् । फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुध्द हुने उनको भनाई छ ।
नेता श्रेष्ठले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिई आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न सबैमा आह्वान समेत गरेका छन् । उनले पार्टीको बैठक बसी सबै पक्षहरुका बारेमा खुला छलफल गर्नुपर्नेमा पनि जोड दिएका छन् । पार्टी भित्र देखिएको छलफल, बहश र मतभेद अन्ततः बिचार , सिध्दान्त ,राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको उनको भनाई छ ।
उनले पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता र पार्टीको बिधि ,पध्दति एवं निर्णयको पालना र कार्यान्वयन भए हुने बताए ।
नेता श्रेष्ठले ब्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समस्याको समाधान नदिने र कसैको हित नगर्ने बताएका छन । देश, जनता, श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोच्न सकारात्मक निष्कर्ष निकालुपर्ने उनकाे धारणा छ । उनले जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्ति हरुको चाहाना पुरा गर्ने कार्य कसैबाट नहुनुपर्ने भन्दै सबैले समयमै सोच्चुपर्ने बताएका छन् ।