राजनीति

कार्यकर्ताले बेलैमा बिद्रोह गर्न नसक्नुका कारण कम्युनिष्ट आन्दोलन धरासयीः डा भट्टराई

१७ कार्तिक,काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादीका संघीय परिषद अधयक्ष डा बाबुराम भट्टराईले कार्यकर्ताले बेलैमा बिद्रोह गर्न नसकेका कारण कमयुनिष्ट आन्दोलन धरासयी भएको बिश्लेषण गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी र नेतृत्वले रंग फेरिसकेपछि पनि बॉकी नेता रकार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु भएको टिप्पणी गरेका हुन् ।

उनले झापा बिद्रोहको स्मरण गर्दै हिजोका झापाली रमाओवादीले कति छिटो बिर्सेको ? भन्दै प्रश्न गरेका छन् ।

डा भट्टराईले ओली आफ्नो कुबाटोमा दृढ रहेको बन्दै अरू उनको सती जाने कि बेलैमा नयॉ समाजवादी बाटो बनाउने भन्दै प्रश्न गरेका छन् ।

उनको ट्वीटः विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/ नेतृत्वले रंग फेरिसकेपछि पनि बॉकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली र माओवादीले कति छिटो बिर्सेको ? ओली आफ्नो कुबाटोमा दृढ छन, अरू उनको सती जाने कि बेलैमा नयॉ समाजवादी बाटो बनाउने ?