राजनीति

पार्टी एकताको सहमतीबिपरीत प्रचण्ड गुटमा रमाउँदा पार्टी फुटको संघारमाः पोख्रेल

१७ कात्तिक, काठमाडौं । नेकपा स्थायी समिति सदस्य एबम् उपप्रधानमन्त्री इशवर पोख्रेलले नेकपाको पुर्व माओबादी समूहलेगुटभित्रको गुटको समूह बनाउन खोजेका कारण नेकपा पुटको संघारमा पुगेको बताएका छन् ।नेकपाका शक्रीसाली नेता रहेका पोख्रेलले अध्यक्ष दहाललाई संकेतगर्दै अध्यक्ष दहालले समूहले पार्टी एकताको समयमा भएका सहमती बिपरीत अगाडी बढेको आरोप लगाएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन अर्का अध्यक्ष दहाललाई चुर्नाती दिईसकेको अवस्थामा नेता पोख्रेलले प्रचण्डले गुटगत भेला गरी सहमती धमिल्याउनखोजेको साँकेतिक रुपमा आरोप लगाउँदा अध्यक्ष दहाल समूह झनै शसंकित र रुष्ट बनेको नेकपा निकट कार्यकर्ता बताउँछन् ।
पोख्रेलले फेसबुकमा स्टाटस् लेख्दै भनेका छन्, ‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूसित असहमति जनाउँदै पार्टी एकतालाई बचाऔं !!’ उनले यसरी आँकलन गर्दै भनेका छन्, ‘जेसुकै होस् – पार्टी एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको गुटगत आवद्धतालाई समाएर समिकरणको खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।’
पोख्रेलको स्टाटस्ः जेसुकै होस् – पार्टी एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको गुटगत आवद्धतालाई समाएर समिकरणको खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो। त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूसित असहमति जनाउँदै पार्टी एकतालाई बचाऔं !!