प्रवास

‘सेवा नै धर्म हो’ भन्ने नाराका साथ गिरिजा प्रसाद फाउण्डेशनको यात्रा जारी

१७ न्युयोर्क, अमेरिका । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समाज प्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले यस कोभिड–१९ को महामारीको चपेटामा परेका न्यु–यार्कका नेपाली दिदि बहिनी, दाजु भार्इ एवं विभिन्न समुदायका मानिसहरुलाई यस फाउण्डेशनले आफ्नो तर्फवाट सक्दो सहयोग गर्दैआएको छ। ‘सेवा नै धर्म हो’ भन्ने मुल नाराका साथ फाउण्डेशन अघि बढी रहेको छ। आजका दिन सम्म यस फाउण्डेशनले लगभग पचास हजार बक्सभन्दा बढी खाधन्न र पचपन्न हजार ग्यालन भन्दा बढी शुद्व दुध विभिन्न संघ–संस्थाहरु एंव विभिन्न समुदायका लगभग दस हजार भन्दा बढी मानिसहरु माझवितरण गरि सकेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए।
यसै क्रममा सन २०२०, मार्च महिनाको अन्तिम साता वाट जुलाई महिनाको अन्तिम सम्म कोभिड –१९ को संक्रमणका बेला सक्रिय रुपमा खटिने १ सय १५जनालाई गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले अक्टोवर ३१, २०२० का दिन विभिन्न अवार्डबाट सम्मान गरेको छ ।
फाउण्डेसनले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका केन्द्रिय सदस्य तथासमुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा लाई गिरिजा प्रसाद कोइराला फाउण्डेशनकि केन्द्रीय अध्यक्ष एंव पुर्व उप–प्रधानमन्त्री सुजाता कोइरालालेकोभिड–१९ च्याम्पियन अफ च्याम्पियन्स अवार्ड र फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामालाई कोभिड–१९ हिरो भोलियन्टियर अफ भोलियन्टर्स अवार्डबाटसम्मान प्रदान गरेका छन् ।
कोभिड–१९ हिरो भोलियन्टियर अवार्डबाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, सह–कोषाध्यक्ष पुनम राना मल्ल, केन्द्रिय सदस्य तथा समुदायसम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रिय सदस्यहरु क्रमशः बिमल डाँगी, रामचन्द्र अधिकारी, प्रेम पौडेल, सुर्य सिमखडा, केन्द्रिय सदस्य तथा महिला संयोजक दावाशेर्पा, समाजसेवि रेखा श्रेष्ठ, कोभिड–१९ का जीवन रक्षक लिला राई लगायतका १ सय १५ जनालाई शनिबार एक भव्य कार्यक्रमको आयोजना गरीकोभिड–१९ हिरोज अवार्डबाट सम्मान गरिएको हो ।
गत मार्च १५ (महिला दिवस) का अवसरमा दिइने भनिएको अवार्डहरु पनि शनिबार दिइएको थियो । सो अवार्डहरु भने लकडाउनका कारण वितरणगरिएको थिएन । सम्मान पत्रहरु न्युयोर्क राज्यका सेनेटरद्वय जोन सि. ल्यु र लेरोय कामरी, कांग्रेस वुमेन ग्रेस मेङ, न्युयोर्क राज्यका ऐसेमब्ली मेम्बरमाईकल डेनडेक्कर, न्युयोर्क सिटिकी काउन्सील मेम्बर ऐड्रियन अडाम्स, न्युयार्क राज्यका ऐसेम्बली मेम्बर डेभिड वेपरिनहरुबाट जम्मा गरी पचपन्न वटासम्मान पत्रहरु थिए भने फाउण्डेशनको तर्फ वाट भोलियन्टियर्स हरुलाई साठी वटा सम्मान पत्रले सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरु लाई मेम्बरअफ न्युयोर्क एसेम्ली डिष्ट्रिक्ट ३४ डेमोक्रेट नोमिनी जेसिका गोन्जालेज रोजासले वितरण गरिन् । सम्मानित हुने पत्रकारहरु मा क्रमशः अजय बावुसिवाकोटी, अमृत पाण्डे, बिजय थापा, बिजय राम पौडेल, आङ छिरिङ शेर्पा, बिष्णु पौडेल, श्याम लामा– तमाङ), छबिलाल बगाले, कृष्ण रेग्मी, केपि भट्ट, बिपिन निरौला, मनिषा लामिछाने, दिपक परीयार, सुनिता शर्मा कोइराला, गौतम ढकाल लगायत थिए भने महिला समाजसेविहरु क्रमशः यसै फाउण्डेशनकि केन्द्रीय सदस्य एवं अग्रज नेत्री शारदा क्षेत्री, रमा सिवाकोटि, सुल्तना खनाम, कविता महवुवा, डा. पल्लभि पटेल, न्यान्सी क्लाइन, पुनम राना मल्ल रमुना भण्डारी हरु हुनुहुन्थियो भने फिपनाका सभामुख राजकुमार बिष्ट, फिपनाका अध्यक्ष लोक चेमजोङ, युनाइटेड किरात राई अर्गनाईजेसन अफअमेरिकाकी अध्यक्ष मुना राई र यसै संस्था न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, नेजससअका उपाध्यक्ष अनन्त राज सुवेदि, एन.आर.एन अभियन्ताबिष्णु राना मगर, काँग्रेस नेतृ कमला पन्त–न्युयोर्क, एन आर एन न्युयोर्कका अध्यक्ष राम हरि अधिकारी, शेर्पा किदुगका संस्थापक अध्यक्ष सोनम जि। शेर्पा, ग्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो, फिपनाकी कोशाध्यक्ष चोन्जोम लामा लगायतलाई सम्मान गरिएको थियो।
सम्मान कार्यक्रम अमेरिका र नेपालको राष्ट्रिय गान वाट सुरु भएको थियो र लगत्तै नेपालका ख्यातिप्राप्त कलाकारद्वय शंकर बि.सि. र गिता राई कोदमदार नेपाली नृत्यको प्रस्तुति रहेको थियो भने न्युयोर्क बासी नेपालीहरुको मनमा बस्न सफल चर्चित कलाकार वसन्ती राईको नृत्यले त झन नेपालनै सम्झायो।
संघसँस्थाहरुमा शेर्पा किदुग, फिपना, युनाइटेड किराँत राई अर्गनाईजेसन अफ अमेरिका, ग्याल्सुम्दो सेवा संस्था अमेरिका लाई फाउण्डेशनले सम्मानगरेको थियो।
सो कार्यक्रममा रोजासले जोखिमपूर्ण अवस्थामा पनि आफ्नो समुदायको लागि खट्नु आफैँमा उत्साहजनक कार्य भएको बताइन् । उनले कोरोनाकोजोखिमका बेला पनि नेपाल र अमेरिकामा रहेका नेपालीको चासो राख्दै सहयोग गरेकोमा फाउण्डेसनलाई धन्यवाद दिईन। उनले आगामी दिनमा पनिफाउण्डेसनसँग सहकार्य जारी रहिरहने प्रतिवद्धता जनाइन।
कोभिड–१९ हिरोज सम्मान कार्यक्रम गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्वमा भएको सो कार्यक्रममाआदीवासी जनजाति महासंघ फिप्नाका संघीय परिषदका सभामुख राजकुमार विष्ट, शेर्पा किदुङका अध्यक्ष उर्गेन शेर्पा, जिपी कोइराला फाउण्डेसनकाबरिष्ठ केन्द्रिय सदस्य शारदा क्षेत्री, रुपान्तरण अनलाईनका प्रधान सम्पादक अंकुर लुइटेल लगायतले अफ्ठेरो परिस्थितीका बेला सहयोग गर्नु नै मानवीयधर्म भएको बताए भने यस सम्मान कार्यक्रममा उपस्थित सबै जनालाई फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामालेधन्यवाद ज्ञापन गरेका थिए।