१८ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदका लागि होस नगुमाउन आग्रह गरेका छन् । नेता गुरुगंले नेकपा अध्यक्षद्वय ओली र दहालबीचको बिबादमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘ठूलो अर्को एक्शन लिन्छु’ भनेको प्रसंगलाई जोड्दै उक्त कुरा बताएका हुन् ।
नेता गुरुगंले नेकपाको बिबादको बिषय नेकपाकै भएको भन्दै गणतन्त्रबिरुद्धको एक्सन भएमा भने काँग्रेसलाई सह्य नहुने चेतावनी दिएका छन् । उनले स्पष्ट रुपमा, ‘जनताले रगत र पसिना बगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्र बिरुद्धको एक्शन हो भने सहन सकिंदैन ।’
धनराजको ट्वीटः प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘ठूलो अर्को एक्शन लिन्छु’ भनेछन्। नेकपाको दलभित्रै सिमित हुने एक्शनको बारेमा केही भन्नु छैन। तर जनताले रगत र पसिना बगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्र बिरुद्धको एक्शन हो भने सहन सकिंदैन। पदका लागि होस् नगुमाउ @PM_Nepal