राजनीति

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न सरकारको निर्देशन आपत्तिजनकः कांग्रेस

१८ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ओली सरकारप्रति आक्रोसित भएको छ । कांग्रेसले ओली सरकारकार पछिल्ला संविधानको मर्म र भावना विरुद्धका कार्य कुनैपनी हालतमा स्वीकार्य नहुने बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज ट्वीटमाफर्त सरकारको संविधानको विरोधि काम काम ठाडै अस्वीकार्य हुने बताएएका छन् । साथै कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न सरकारले मातहतलाई दिएको निर्देशन प्रति आपक्ति जनाएको छ ।

शर्माले ट्वीतमाफर्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन संगै प्रश्न गर्दै भनेका छन्ः प्रधानमन्त्री ज्यु जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ? सरकारले सोमबार सुचना जारी गरी अबदेखी ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न निर्देशन दिएको थियो ।

गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रमा उल्लेख थियो । सकारको सोहि निर्देशनलाई लिएर कांग्रेस आक्रोसित भएको हो ।

उनको ट्वीटः संघीय लोकतान्त्रिक गणतन्त्र नेपालझ नलेख्न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक छ । @Pm_Nepal जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ?   होसियार ! संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ १ जय नेपाल !!