राजनीति

ब्यक्तिगत झगडा तथा गालिगलौज नगरी पार्टी एकताको रक्षा गरौंः प्रवक्ता श्रेष्ठ

१८ कार्तिक, काठमाडौं । सत्तारुढ दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजि श्रेष्ठले पार्टी भित्र एकले अर्काेप्रति बिरोध जनाईरहेको प्रति दुख व्यक्त गरेका छन् ।

नेकपा फुटको संघारमा पुगीसकेको चर्चा चलिरहँदा अर्काेतिर भने पार्टीभित्र विभिन्न व्यक्तिहरुले ब्यक्तिगत झगडा तथा गालिगलौज गर्ने प्रबृति मौलाएको प्रति चिन्ता प्रकट गर्दै त्यसो नगरि पार्टी एकताको रक्षा गर्न सबैमा पुनः आह्वान गरेका छन् । प्रवक्ता श्रेष्ठ श्रेष्ठले तैं चुप मै चुप पनि ठिक नभएको र तँ भन्दा म के कम भन्दै ब्यक्तिगत झगडा वा गालिगलौज पनि ठिक नभएको भन्दै यस्तो आह्वान गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त प्रवक्ता श्रेष्ठले राष्ट्र र जनताको हितमा जोड दिँदै छलफल माफर्त पार्टीलाई एक बनाई अघि वढ्न पनि पुनः आह्वान गरेका छन् । उनले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरी र पार्टीलाई एकताबध्द बनाई अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

उनले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि सही नर्भको तर त्यसमा अन्तर्निहित एउटा पक्ष ,अर्थात ब्यक्तिगत कटुता सहितको ब्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा सही रहेको बताएका छन् ।

श्रेष्ठले त्यसलाई पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गर्नुपर्ने बताएका छन् । पार्टी भित्रको छलफल्, बहश र अन्त संर्घषलाई ब्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिन पनि सबैमा आग्रह गरेका छन् ।