राजनीति

माहामारीमा मनभएकाहरुले गरिवलाई खाना खुवाएर शहरीयाको इज्जत जोगाउनुभयोः गगन थापा

१८ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन कुमार थापाले कोरोना भाईरसको माहामारीको समयमा खाना खान गाह्रो भईरहेकालाई खाना खुवाउनेलाई धन्यबाद दिएका छन् । उनले आफू काठमाडौंको साँसद भएको स्मरण गर्दै रत्नपार्कमा खाना खुवाउने आयोजकहरुले आप्नो ईज्जतसमेत उपत्यकाको इज्जत धानेको बताए । परोपकारी मनभएकाहरु भन्दै खाना खुवाउनेहरुलाई गगनले प्रशंसा गरेका छन् ।
नेता थापाले भनेका छन्, ‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई, काठमाडौँका विभिन्न स्थानमा परोपकारी मन भएकाहरुले खाना खुवाइरहनु भएको छ। विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो शहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद ।
म काठमाडौँको जनप्रतिनिधि, यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु।’