१८ कात्तिक, काठमाडौँ । समृद्धि स्कूल/कलेज तथा विशाल फाउन्डेसनको संयुक्त आयोजनामा कार्तिक २० गते सुरु हुन गइरहेको राष्ट्रिय स्तरको कार्यक्रम युवा तथा विद्यार्थीहरुको लागि उद्यमशीलता प्रवर्धन तथा सीप विकाशमा प्रेरित गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको स्कुलले जनाएको छ ।
दिउँसो १ः३० बजे देखि ४ः३० सम्म सञ्चालन हुने उक्त कार्यक्रम वेबिनार मार्फत निशुल्क सञ्चालन गरिने र उक्त कार्यक्रममा सहभागी हुनका लागि रजिष्टर गरि उक्त कायक्रममा सहभागी हुन सकिने व्यवस्था गरिएको स्कुलका प्रमुख कार्यकारी अधिकृत नरेसप्रसाद श्रेष्ठले जानकारी दिए ।
विशेषतः यो कार्यक्रम उच्च माध्यामिक तह तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि प्रभावकारी र केन्द्रित रहनेछ । प्रमुख अतिथि पूर्व अर्थमन्त्री माननीय सुरेन्द्र पाण्डे तथा विशेष अतिथि बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री माननीय अरुण नेपालको समुपस्थितिमा समुद्घाटन गर्न लागिएको उक्त कायक्रममा अन्तर्राष्ट्रिय प्रेरक वक्ता को रुपमा सुपरिचित मानुषी अग्रवाल, दराज नेपालका पूर्व कार्यकारी निर्देशक राजिव अमात्य, स्किल ल्याबका संस्थापक नन्दकिशोर मण्डल, आईएमई गुपका कार्यकारी निर्देशक हेमराज ढकाल, देउराली जनता फर्मास्यूटिकल्स संस्थापक तथा कार्यकारी निर्देशक हरि भक्त शर्मा, तथा आर्ट पसःका सह संस्थापक उज्व्वल श्रेष्ठको पनि आतिथ्यता रहने छ । यसका अतिरिक्त नेपालका अन्य चर्चित उद्यमीहरुको पनि सहभागीता रहने छ उक्त कार्यक्रमका सुरुका चार दिन अतिथिहरुले उद्यम सम्वन्धी आफ्ना अनुभव तथा कथाव्यथा प्रस्तुत गर्नेछन् भने पाचौँ दिनमा सहभागीहरुको कार्यशाला तथा अन्तर्मूल्याङ्कन प्रस्तुत गरिने आयोजकको दाबी छ ।