समाचार

महरा पत्निको निधनप्रति प्रधानमन्त्रीद्वारा समवेदना

१९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व सभामुख कृष्णबहादुर महारा पत्निको निधनप्रति समवेदना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर माफर्त ओलीले दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महरा सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।

कोरोना पुष्टि भई उपचाररत महरापत्नि सिताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै  बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ । विगत १० वर्षदेखि उनी माइस्थेनिया नामक रोगबाट पीडित थिइन् ।