१९ कार्तिक, बुटवल । कोरोना भाइरसको संक्रमणबाट बुटवलमा एक जना बृद्धको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत गुल्मीको गुल्मीदरबार गाउँपालिका ६ का ८५ वर्षीय बृद्धको मृत्यु भएको जनाएको छ । उनलाई कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि अस्पताल भर्ना गरिएका उनको आईसीयूमा उपचार भइरहेको थियो । उपचारका क्रममै मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताएका छन् । उनलाई उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।
योसँगै लुम्बिनी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ७७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।